जनकपुर-जयनगर रेल उद्घाटन

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा एकीकृत रेलसेवा उद्घाटन गरेका छन् ।

हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनमार्फत प्रधान मन्त्रीद्वयले रेलसेवा उद्घाटन गरेका हुन् ।

यस्तै नेपाल-भारतबीचका ४ वटा सम्झाैतामा हस्ताक्षर भएकाे छ ।

नेपाल-भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *