नोबेलका डाक्टरको मृत्यु शंकास्पद !

विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा एक चिकित्सक मृत अवस्थामा भेटिएका छन् । मेडिकल कलेजमै कार्यरत  चिकित्सक २७ वर्षीय डा. विजय यादव मृत फेला परेको प्रहरीले जनाएको छ । सप्तरीको राजविराज घर भएका यादव मृत भेटिएका हुन् ।

नोबेल मेडिकल कलेजको स्वास्थ्य शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल विराटनगर-४ मा रहेको घरको गेट नजिकै हात बटारिएको अवस्थामा उनको शव फेला परेको हो । विगत ५ वर्षदेखि नोबेल मेडिकल कलेजमा कार्यरत यादवको शव शंकास्पद अवस्थामा फेला परेको प्रहरीको दाबी छ ।

उनको हत्या गरेर फालिएको हुनसक्ने स्थानीयको आशंका छ । प्रहरीले भने अहिले नै यसै भन्न नसकिने अवस्था रहेकोले पोस्टमार्टम पछि मात्र थाहा हुने बताएको छ। यादव हाड जोर्नी विभागको मेडिकल अधिकृतको रूपमा कार्यरत रहेको नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक नारायण दाहालले जानकारी दिए । शवको प्रकृति हेर्दा शंकास्पद रहेको जानकारीमा आएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *