विद्यालयलाई लुम्बिनी विकास बैंकको सहयोग

काठमाडौँ । लुम्बिनी विकास बैंकले आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लालबन्दी– ११, सर्लाही हिरापुरमा सञ्चालित जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले विद्यालयलाई आर्थिक सहयोग स्वरुप ५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।

बैंकका मधेश प्रदेश प्रमुख मोहनाज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । मोहनराज गिरी ले श्री जनता आधारभूत विद्यालयमा सुबिधा सम्पन्न शौचालय निर्माणमा सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताए ।

लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोले यस विद्यालयमा रहेका विद्यार्थीहरुको लागी शौचालय निर्माणमा खर्च गरिने बताए ।

कार्यक्रममा बैंकका लालबन्दि शाखाका शाखा प्रवन्धक आशिष कुमार भट्टराई, कर्मचारी दयाराम गौतम तथा दिप्ती अधिकारी र विद्यालयको तर्फबाट लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी, वडा नं. ११ का वडा सदस्य उमेश महतो, भूतपूर्व विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष संग्राम सिंह गोले लगायतको उपस्थीति रहेको थियो ।

विद्यालयमा हाल २५३ विद्यार्थी रहेका छन् । उक्त विद्यालय २०३५ सालदेखि सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *