रियलमीद्वारा ‘१०० डेज रिटेलर स्किम’ विजेताले पाए प्रोटोन सागा

काठमाडौँ । रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरुको घोषणा गरेको छ । यो स्किम नेपालभरि रहेका १ हजारभन्दा बढी रियलमी ब्रान्डको रिटेलरबीच १०० दिन चलेको थियो । विजेतालाई विभिन्न आकर्षक उपहार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । सेप्टेम्बर २१, २०२१ देखि चलेको यो स्किम डिसेम्बर २१, २०२१ मा अन्त्य भएको थियो ।

सबै विजेता रिटेलरलाई उक्त कार्यक्रममा उपहारहरु वितरण गरिएको थियो ।

ए२जेड मोबाइल्स्, नारायणघाटले प्रोटोन सागा कार जितेको छ । रियलमी नेपालका प्रमुख मुनिस गिरी, रियलमीका बिक्री निर्देशक दीपक नाक्रा, शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाटिया र उपाध्यक्ष सुलभ अग्रवालको उपस्थितिमा उपहार वितरण कार्यक्रम गरिएको थियो ।

रियलमी नेपालमा लन्च भए सँगै यो स्किम सबै वितरण च्यानलहरुको लागि खुला गरिएको थियो । यो स्किम लन्च हुँदा रियलमीको चारवटा स्मार्टफोनहरु मात्र नेपाली बजारमा उपलब्ध थिए – रियलमी सी२१, रियलमी सी२०, रियलमी सी११  २०२१, र रियलमी ८ पहिले कहिल्यै नदेखिएको मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *