प्रधान मन्त्री देउवाको भारत भ्रमण तालिका सार्वजनिक

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले शुक्रबारबाट थाल्ने भारत भ्रमणको तालिका सार्वजनिक भएको छ।
भारतीय विदेश मन्त्रालयले प्रधान मन्त्री देउवाको भारत भ्रमणको एक दिनअघि विस्तृत तालिका सार्वजनिक गरेको हो । प्रधान मन्त्री देउवा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार तीन दिने भारत भ्रमणका लागि जान लागेका हुन् ।
यस्ताे छ प्रधानमन्त्री देउवाकाे भारत भ्रमण तालिका
शुक्रबार
दिउँसो २ः५० बजे इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल नयाँ दिल्लीमा अवतरण ।
अपरान्ह ४ः३० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग दिल्लीस्थित होटल मौर्यमा शिष्टाचार भेट ।
शनिबार
बिहान १०ः४० बजे राजघाटमा रहेको महात्मा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्ने ।
११ः१० बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने ।
दिउँसो १२ः१५ बजे नेपाल र भारतबीच सम्झौतापत्रहरूमा हस्ताक्षर हुने । मोदीसँगै संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने ।
अपरान्ह ४ः३० बजे भारतीय उपराष्ट्रपति नायडुसँग उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने ।
आइतबार
बिहान ९ बजे वाराणसी जाने ।
अपरान्ह ४ः०० बजे वाराणसीबाट नयाँ दिल्ली फर्किने ।
अपरान्ह ४ः१५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने ।








