अनिश्चितकालीन ढुवानी बन्द, हुन थाल्यो इन्धनको अभाव

विराटनगर । बुधबार विराटनगरका धेरै पेट्रोल पम्पहरूले साँझसम्म इन्धन नभएको भन्दै इन्धन नै बाँडेनन् । बिहानसम्म सहज रूपमा इन्धन पाइएको अवस्थामा इन्धन नभएको भन्दै साँझ धेरै पेट्रोलपम्पहरू बन्द थिए ।

खुलेका पेट्रोलपम्पहरूमा पनि इन्धन हाल्नका लागि लामो लाइन देखिन्थ्यो । नेपाल पेट्रोलियम, नेपाल ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी संघले अनिश्चितकालीन ढुवानी सेवा बन्द लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक भएसँगै पेट्रोल पम्पहरू पेट्रोल र डिजेल भर्नेहरूको लाइन नै देखिन्थ्यो ।

इन्धनको ढुवानी बन्द हुने भन्दै कतिपय पेट्रोल पम्पहरूले इन्धनको ढुवानी रोकिने भएकोले आफ्नो जोहो गर्न सामाजिक सञ्जालमा आग्रह नै गरेका थिए । एकाएक इन्धनमा देखिएको अभावले सर्वसाधारणलाई हैरान भएको छ। २०७८ चैत १७ गते देखि अनिश्चित कालिन ढुवानी बन्दको घोषणाले १६ गतेदेखि नै इन्धनको अभाव भएको छ।

पेट्रोलियम डिलर्स् एसोसिएसनका निवर्तमान अध्यक्ष मुकुन्द न्यौपानेले महासंघको केन्द्रीय कार्यक्रम अनुसारको नै आन्दोलनको कार्यक्रम भएको जानकारी दिए । पूर्व घोषित कार्यक्रम अनुसार नै ढुवानी लगायतका डिसर्ल् एसोसिएसनहरू आन्दोलित भएको उने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *