चुनावी तालमेलबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक

काठमाडौँ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेपछि बैठक बस्न लागेको हो ।

स्थानीय तह निर्वाचन तयारी, प्रधान मन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न गठबन्धन बैठक बस्ने तय भएको वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधार सत्तारूढ गठबन्धनका दलहरूसँग तालमेल गरेर जाने निर्णय केन्द्रीय समितिबाट गरेको थियो । त्यसपछि पहिलोपटक आज गठबन्धन बैठक बस्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =