एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा (भिडिओसहित)

काठमाडौँ । नेकपा (एमाले) लुम्बिनी प्रदेशले मुख्यमन्त्री कूलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा माग गरेको हो ।

१२०० शय्याको १० तले अस्पताल भवन बनाउन करिब डेढ अर्ब घोटाला गर्नेगरी स्पेसिसिकेसन बनाएर ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियामा त्रुटि भेट्टाएपछि १४ चैतमा ठेक्का रद्द गरिएको थियो । पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । तर ठेक्का प्रक्रिया रद्द र कार्यकारी अधिकृतको राजीनामाले सरकारको कुनियत हट्न नसक्ने एमालेको ठहर छ ।

बुधबार आयोजित पत्रकार संसदीय संसदीय दलका उपनेता बैजनाथ चौधरी मुख्यमन्त्री केसीको राजीनामा माग्दै भनेका छन्—‘ठेक्का प्रक्रियामा सेटिङ भएको भन्दै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङमा मुख्य जिम्मेवार कुलप्रसाद केसी हुनुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *