अटो रिक्साको ठक्करबाट घाइते पुरुषको मृत्यु, दुई दिनदेखि पहिचान खुलेन

धनगढी । धनगढी उपमहानगरपालिका ३ चटकपुरमा अटोरिक्साले ठक्कर दिँदा मृत्यु भएका पुरुषको दुई दिनदेखि पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार मंगलबार दिउँसो सु.प.प्र.०१००१ ह ४९८५ नम्बरको अटो रिक्साले ठक्कर दिँदा घाइते भएका पुरुषको मृत्यु भएको हो ।

अन्दाजी ६०/६५ बर्षको जस्तो देखिने उनले खैरो रंगको आस्कोट र रातो भेष्ट, कालो जिन्स पाइन्ट, टाउकोमा ढाका टोपी र कालो चप्पल लगाएको तथा कपाल खौरिएको प्रहरीले जनाएको छ ।

उनको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार अन्य दुई जना घाइते भएका छन् । उनीहरूको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

अटो चालक गोदावरी नगरपालिका -५ गेटा बस्ने २८ वर्षीय देवबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *