दुर्गा प्रसाईंले भक्तपुरमा खोले २ अर्ब लगानीमा तरकारी बजार
२०७८ चैत १५ गते

काठमाडौैँ । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा तरकारी बजार सञ्चालनमा ल्याएका छन्। सूर्यविनायक नगरपालिकाको वडा नम्बर ८ स्थित ५० रोपनी जग्गामा व्यवसायी प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन्।
पसलको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको बताए। तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रसाईंले बताए।
तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गरेका हुन् । तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताए। तरकारी बजारको औपचारिक उद्घाटनको कार्यक्रम बुधबार राखिएको छ। उक्त बजारको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने बताइएको छ ।
२०७८ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








