अन्य दलहरूसँग चुनाबी गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले चुनाबमा अन्य दलहरूसँग चुनाबी गठबन्धन गर्ने भएको छ । मंगलबारको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको हाे ।

केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै बैठकले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको कांग्रेसका  प्रवक्ता डा‍‍. प्रकाशशरण महतले जानकारी दिए।

‘स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने निर्णय सर्वसम्मत रूपमा भएको र स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय गर्दै यसका केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बनाइने प्रवक्ता महतले जानकारी दिए ।

सत्तारूढ पाँचदलीय गठबन्धनलाई चुनावसम्मै लैजाने र यसबारे गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर अघि बढ्ने महतले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *