उद्योगमा १४ घण्टासम्म अघोषित लोडसेडिङ गरिएको भन्दै पूर्वका उद्योगीको आपत्ति

विराटनगर। बिराटनगरका उद्योगी ब्यवसायीले लोडसेडिङको सेडियुल माग गरेका छन् । अपरिपक्वव रुपमा बिद्युत प्राधिकरणबाट भएको बिद्युत कटौतीले उद्योग ब्यवसाय बन्द हुने अबस्थामा पुगेकोले तत्काल लोडसेडिङ तालिका सार्वजनिक गर्न माग गरेका हुन् ।

विराटनगरमा उद्योग परिसंघ, उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले संयुक्त पत्रकार सम्मेलनग गरी विद्युत समस्याको कारण उद्योग ब्यवसाय बन्द गर्नु पर्ने अवस्था आएको बताए । उद्योग संगठन मोरङका अध्यक्ष सुयेशराज प्याकुरेलले उद्योग विद्युत प्राधिकरणको मनपरीका कारण अहिले दिनमा १४ घण्टा उद्योगहरुको बत्ति काटिएको बताए ।

‘सरकारको सही नीति नहुँदा ब्यवसायीलाई भित्तामा पुर्याउने काम भएको छ,’ उनले भने, ‘सरकार ब्यवसायी मैत्री भएन, यस्तै अबस्थामा अघि बढ्ने हो भने अब उद्योग बन्द गरेर बस्नु पर्ने अबस्था आएको छ।’

प्याकुरेलका अनुसार, हामीलाई हाल प्राप्त जानकारी अनुसार काठमाडाैँको बालाजु औद्योगिक क्षेत्र लगायतका उद्योग प्रतिष्ठानहरुमा विद्युत अवरुद्ध नभई निरन्तर सञ्चालन रहेको तर सुनसरी मोरङ औद्योगिक करिडोरमा विद्युत आपूर्ति नभएको अबस्था छ।

बेलुकाको ११ बजेर ५९ मिनेट जादासम्म विद्युत निर्यात गर्ने अवस्था रहेकोमा १२ बजेपछि एक्कासी युटर्न भई विद्युत संकटको अवस्था सिर्जना भएको जनाई विद्युत आपूर्ति बन्द गरिनु जस्तो गैरजिम्मेवारी विषयमा व्वसायीले सरकारको जवाफदिनु पर्ने माग राखेका छन् । हिजोदेखि १४ घण्टासम्म लोडससेडिङ गरिएकोमा व्यवसायी थप समस्यामा देखिएको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

‘चैत ८ गतेदेखि विद्युतमा ठुलो समस्या देखिएको छ,’ उनले भने, ‘८ गते साँझ ६ बजेदेखि राती १२ बजेसम्म बत्ति गएको थियो, एक हप्ताको बिचमा गएराती १४ घण्टासम्म विद्युत कटौती गरियो ।’

सोमबार दिउँसो ४ बजेदेखि कटौती भएको विद्युत आज बिहान ६ बजेमात्र आएपछि ब्यवसायीहरु विद्युत प्राधिकरणको बिरुद्धमा उत्रिएका हुन् । उद्योगी पवन कुमार सारडाले विद्युत समस्या ५ बर्ष पहिलाको अबस्थामा पुर्याइएको गुनासो गरे । आजभन्दा ५ वर्ष पहिला पनि ब्यवसायीले मिरगन्ज पुलको समस्या, बिद्युतको नियमित आपुर्ति, बैँकको चर्को ब्यजदरको विषय उठाउँदै आएको सम्झना छ । यो ५ वर्ष पछि फेरी त्यही अबस्थामा पुगिएको उनले गुनासो गरे ।

उद्योगहरुको निर्वाध संचालनका अत्यावश्क रहेको विद्युतको नियमित आपूर्ति गर्नु पर्नेमा भारतबाट विद्युत खरिदका लागि दैनिक हुने खरिद वोलकवोलमा महंगो दररेट प्रस्ताव गर्दा समेत विद्युत नपाएको भनि प्राधिकारणले औद्योगिक क्षेत्रहरुमा गत हप्ता देखि १४ घण्टासम्म अघोषित रुपमा लोडसेडिङ गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको ब्यवसायीको भनाई छ।

मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले देशको आर्थिक अबस्था कमजोर भएको टिप्पणी गर्दै सरकारले फजुल खर्च कटौती गर्नु पर्ने बताए । जम्बो वैदेशिक भ्रमण, भ्रमणका नाममा हुने खर्चहरु तथा गाडी खरिद गर्न रोक्न सरकारलाई आग्रह गरे । रिजालले विद्युतको समस्या सिंगो उद्योगी ब्यवसायीको समस्या रहेको बताएका उनले तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्द गर्न वाध्य हुने र यसबाट सिर्जना हुने थप भयावह अवस्था तर्फ गम्भीर हुन सम्बन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गरे ।

गएको हप्ता मात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुनसुकै मूल्यमा भएपनि उद्योग व्यवसाय क्षेत्रलाई विद्युत उपलब्ध गराउने, लोडसेडिङ नगर्ने भनि दिएको आवश्वासन क्षणभरमै ब्यवसायीलाई निराशामा पुर्याएको बताए ।

‘विद्युतको भाउ वृद्धि भएको जनाई कटौति गर्न नमिल्ने, उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउने दायित्वको सरकारको हो, ब्यवसायीले भने, मूल्य कति पर्छ भन्ने विषय सरकारको भएकाले उद्योग व्यवसाय सञ्चालन गर्न आवश्यक विद्युत नियमित आपूर्ति गरिनु पर्दछ भन्ने हाम्रो माग छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *