रुसी अर्बपति अब्रामोभिचलाई शान्तिवार्तामा विष खुवाइएको दाबी

काठमाडौँ । रुसी अर्बपति रोमन अब्रामोभिचलाई युक्रेनसँगको शान्ति वार्ताका क्रममा विष खुवाइएको दाबी गरिएको छ । युक्रेन-बेलारुस सीमामा रुससँग यही महिनाको सुरुवातमा भएको शान्ति वार्ताका क्रममा उनलाई विष खुवाइएको दाबी गरिएको हो ।

बीबीसीले उल्लेख गरेअनुसार इंग्लिस फुटबल क्लब चेल्सीका मालिकसमेत रहेका अब्रामोभिचमा असरयुक्त लक्षणसाथ देखिएको उनीनिकट स्रोतहरूले जनाएका छन् । उनी अहिले निको भइसकेका छन् तर उनको आँखा र छालामा समस्या देखिएको बताइएको थियो ।

अब्रामोभिचमा देखिएका लक्षणलाई ती अधिकारीले विष प्रयोगका कारण नभई वातावरणीय पक्षले भएको आफ्ना गुप्तचरी सूचनाले सुझाएको नाम नखुलाउने सर्तमा एक अमेरिकी अधिकारीले बताएका छन् । अब्रामोभिच निकट स्रोतले भने उक्त घटना भएको र अनुसन्धानकर्ताले त्यो नियतवश रासायनिक तत्त्वका प्रयोग भएको निष्कर्ष निकालेको छ ।

यस घटनाले युक्रेन र रुसबीचको वार्तामा अब्रामोभिचको मध्यस्थकर्ताको भूमिका उजागर गरेको छ । तर उनको भूमिका कस्तो छ भन्ने अझै प्रस्ट छैन । अब्रामोभिच यसै महिनाको सुरुमा कयौँ पटक भएका वार्ताका लागि यात्रा गरेका थिए र उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समेत भेटेको बताइन्छ । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =