६ एसपीको सरुवा, मोरङमा शान्तिराज कोइराला

काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले ६ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । कार्यालयलले सोमबार एक सूचना जारी गर्दै उनीहरुलाई काज सरुवा गरेको जानकारी दिएको हो ।

रामेश्वरप्रसाद यादवलाई सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ । यस्तै, सिन्धुपाल्चोकमा कार्यरत राजन अधिकारीलाई अख्तियारमा काज सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ । मोरङमा कार्यरत एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा काज सरुवा गरिएको छ ।

ऋषिराम कँडेललाई पश्चिम नवलपरासीमा काज सरुवा गरिएको छ । पश्चिम नवलपरासीमा कार्यरत मनोजकुमार यादवलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय, पोखरामा बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =