पत्रकार पाण्डेलाई अपराधकाे उल्झनमा फसाउने काम भयाे, चाँडै रिहा गरियाेस् : पत्रकार महासंघ

काठमाडौँ । वैदेशिक रोजगारीकाे सिलसिलामा यूएईमा रहेका पत्रकार उमाकान्त पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्टाटसलाई लिएर यूएई प्रहरीले पक्राउ गरी साइबर अपराधको उल्झनमा फसाउने काम गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएकाे छ । महासचिव राेशन पुरीले साेमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएका हुन् ।

नेपालमा रहँदा जनवरी ८ अर्थात् पुस २४ गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासकाे संलग्नता रहेको आशयमा’ लेखिएको स्टाटसलाई लिएर यूएईकाे तल्लो अदालतले फेसबूक बन्द गर्ने, यूएईमा रहेको सम्पत्ति जफत गर्ने, तीन महिना कैदमा राख्ने, २० हजार डिराम जरिवाना लगाउने र डिपोट गर्नेजस्ता ५ वटा सजायसहितको फैसला गरेको छ । उक्त घटनाप्रति महासंघले आपत्ति जनाएकाे हाे ।

पत्रकार पाण्डेका सन्दर्भमा नेपाल सरकारले पनि कुनै वास्ता नगरेकाे महासंघकाे आराेप छ । ‘महासंघले पत्रकार पाण्डेलाई पक्राउ गर्नेबित्तिकै उहाँको रिहाइका लागि पहल गर्दै आएको छ,’ महासचिव पुरीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘सो क्रममा महासंघले पत्रकार पाण्डेको रिहाइमा पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र यूएईस्थित नेपाली दूतावासलाई आग्रह गरेको थियो । पत्रकार पाण्डेको रिहाइ र सजायका विषयमा नेपाल सरकारका तर्फबाट १४ दिनभित्र अपिल गरे पत्रकार पाण्डेमाथिको सजाय फुकुवा हुने थियो । तर, महासंघको आग्रहलाई बेवास्ता गर्दै सरकारको तर्फबाट यसप्रति कुनै चासो नदेखाउनु दुखद्दुः हो । महासंघ सरकारको यो अकर्मण्यताप्रति खेद व्यक्त गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =