निर्धारित समयमा राजधानीको गुरुयोजना दिन सफल भयाैँ : मुख्यमन्त्री केसी

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको गुरु योजना निर्माण सरकारले समयमै दिन सकेको बताउँदै अब त्यसको कार्यन्वयनको प्रक्रियालाई तीव्रता दिने बताएका छन् ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा भएको राजधानीको गुरुयोजना हस्तातरण र जग्गा अधिकरण कार्यविधि ग्रहण गर्दै बताएका हुन् ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी नमूना योग्य बनाउनको सकिने गरी गुरु योजना बनाएको दावी गर्दै यसलाई आम प्रदेशबासीलाई चित्त प्रसन्न हुने गरी कार्य थानली गरिने बताए ।

उनले भने, ‘प्रदेश सरकारले बनाएको योजना अनुसार नै कार्य भएको त्यसका लागि आगाी दिनमा यसलाई सरकारले अब छिटो भन्दा छिटो बनाएर अगाडि बढ्नेछ ।’ मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणको गुरु योजनाको विषयमा भएको छलफलमा सरोकारवालालाई निर्देशन दिएका छन् ।

उनले प्रदेश सरकारको पहिलो योजना नै त्यसरी भएकोलाई गुरुयोजनालाई निर्माणका लागि पूर्णता दिएको धन्यवाद दिँदै आगामी दिनमा अझै छिटो छरिटो रूपबाट प्रदान गर्नका लागि अनुरोध निर्देशन दिएका छन् ।

प्रदेशको राजधानीमा राप्ती गाउँपालिका, गढुवा गाउँपालिका सितगंगा लगायतको भूगोलमा राजधानीको प्रशासनिक केन्द्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, अद्योगिक क्षेत्र, खेदकुद क्षेत्र यातायातको सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास, धार्मीक क्षेत्र, बाल उद्यायन क्षेत्र लगायतको स्थानमा निर्माणमा तिव्रवता प्रदान गरेको हिसाबले विकास गर्नका लागि योजना अगाडि सारिएको गुरु योजना निर्माण गएिको छ ।

प्रदेशको राजधानी भर्जिन ल्याण्डमा भएकोले गर्दा भवन निर्माणको क्षेत्र, पार्किङ क्षेत्र, सञ्चार होटेल क्षेत्रको समेत पनि गुरुयोजनामा देखाएको छ । साथै गुरु योजनामा यातायात क्षेत्रको सञ्चालमा ५० मिटरको सडक र ३० मिटरको सडक बनाएर फराकिलो बनाउन सकिने बताए ।

२०७८ साल मंसिर १६ गते भएको मन्त्रिपरिषद्को बैठकले मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्वमा समिति बनाएको छ । समितिले पदम बैद्धिक, किशोर थापा, कोष नारायण अधिकारी लगायतको विज्ञहरू टोलीले विज्ञता प्रयोग गरी जग्गा अधिकरणको कार्यविधिलाई पूर्णता दिइएको हो ।

लुम्बिनी प्रदेश सरकाका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले कार्यदलको बैठकबाट अनुभवि कार्यविधिबाट निर्माण गर्नका लागि ठूलो महेनत गर्नुपरेको र प्रदेश सरकारको राजधानी बनाउनको लागि तथा प्रदेशभरिको अन्य जग्गा अधिकरण गर्नका लागि समेत कार्यविधि बनाएको थियो ।

मुख्य न्यायधिबक्ताले प्रदेश प्राधिकरणका झै छुटै युनिट बनाको लागि कार्यविधि निर्माण गरेको बताए ।यस्तै प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले प्रदेशको राजधानी निर्माणको विषयमा सबै गम्भीर भएर लागेर योजना पूरा गरेको बताए ।

प्रदेश सरकारले मन्त्रालयले संघीय सरकारले दिएको १ अर्ब बजेटबाट १८ विगामा तत्कालै भौतिक संरचना निर्माणका लागि गुरु योजना बनाई कार्यन्वयनमा लग्नुपर्ने बताए । आगामी दिनमा छिटो छरिटो रूपमा काम गरी बनाउनको लागि अगाडि बढाउनको लागि निर्देशन दिएका छन् । चैत्र ५ र ६ गते भालुबाङमा बसेर नै सरोकारवाला टिमको छलफल गरी यसलाई अगाडि बढाउनको लागि बताए ।

मुख्य न्यायाधिबक्ताले जग्गा अधिकरण कार्यविधि र पूर्वाधार निर्माण प्राधिकरणका कार्यकारी निर्देशन अनन्तराज घिमिरेले राजधानीको गुरु योजना मुख्यमन्त्री केसीलाई बुझाएका थिए । अबको मन्त्रिपरिषद् बैठकबाट पारित गरी अब कार्यान्वयन प्रक्रियामा लाग्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *