नेपालतर्फ आएकाे भारतीय स्काभेटरकाे चाबी सशस्त्र प्रहरीले खोस्यो

धगनढी । दार्चुलामा महाकाली नदीको धार परिवर्तन गदै बिना अनुमति नेपालतर्फ पुगेको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

समन्वय बिना नेपालतर्फ स्काभेटर ल्याउन नपाइने उनले बताए । नेपालतर्फको बाटो प्रयोगका ल्याइएको भएपनि लिखित रुपमा जानकारी नगराइएको उनको भनाई छ ।

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ । सशस्त्र प्रहरीले स्काइभेटरको चाबी थुते पनि चालकले अर्को चाबी प्रयोग गरेर फिर्ता लगेका छन् ।

एकसाता अगाडि भारतीय पक्ष र नेपालको तर्फबाट प्रमुख जिल्लाअधिकारी बिच महाकालीमा तट्बन्द कसरी निर्माण गर्ने सम्बन्धमा कुरा भए पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *