६ महिना पुग्नै लाग्दा बोलाइयो सुदूरपश्चिम प्रदेशसभा अधिवेशन

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको नवौं अधिवेशन आइतबारदेखि सुरु भएको छ । प्रदेशसभाको अघिल्लो अधिवेशन सकिएको ६ महिना पुग्नै लाग्दा प्रदेशसभाको अर्को अधिवेशन बोलाइएको हो ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको एउटा अधिवेशन अन्त्य भएको छ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार छ महिना पुग्न दुई दिन अघि प्रदेश सभाको हिउँदे अधिवेशन बोलाइएको हो ।

प्रदेशसभाको आठौँ (वर्षे) अधिवेशन गत असोज १५ गते अन्त्य गरिएको थियो । हिउँदे अधिवेशनको पहिलो बैठकमा सांसदहरूले शुभकामना दिएका छन् । त्यस्तै प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश दूग्ध विकास बोर्ड (पहिलो संशोधन) ऐन, २०७८ सभामा टेवल गरिएको छ ।

हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले छवटा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिइसकेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *