म्यादी प्रहरीमा तेब्बर आवेदन

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न माग भन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ । १ लाख जनाको लागि आोवेदन माग गरिएकोमा देशैभरिबाट २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका नेपाल प्रहरीले जनाएको छ ।
बागमती प्रदेशमा २७ हजार ८३४ र काठमाडौँ उपत्यकामा १३ हजार ९५०, गण्डकीमा २५ हजार ५०, मधेश प्रदेशमा ६८ हजार ६, लुम्बिनी प्रदेशमा ५६ हजार ५६०, प्रदेश नं. १ मा ५० हजार ९४४, कर्णालीमा २१ हजार २४५ र सुदूरपश्चिममा २९ हजार ७१४ जनाले म्यादी प्रहरीको फाराम भरेका छन् ।
आवेदन दिएकाहरूलाई आइतबार आवेदन दिएको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्ने जानकारी दिइएको प्रहरीले जनाएको छ ।
‘मंगलबारदेखि स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा शुरु गरि २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी छ ।
म्यादी प्रहरी छनौटका लागि प्रत्येक जिल्लामा सिडिओको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।








