जनताले विश्वास गर्नेगरी जनप्रतिनिधिले काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताले विश्वास गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जनताप्रतिको उत्तरदायीत्वलाई बुझेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका हुन् ।

उनले स्थानीय तहमा दोहरीन चाहनेले पनि आफूले देश र जनता तथा समाजका लागि गरेको कामको स्वमूल्याङ्कन गर्नुपर्ने धारणा राखे । देश बनाउने काम प्रत्येक नागरिकको पनि रहेको भन्दै नागरिकलाई देशप्रति उत्तरदायी बनाउने काम जनप्रतिनिधिकै रहेको उनले बताए । तिमिल्सिनाले भ्रमपूर्ण कुराबाट सचेत रहेर विवेकपूर्ण तरिकाले जनप्रतिनिधिको छनौट गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा गाउँ सभा/नगरसभा सञ्चालन तथा कानून निर्माण प्रकृया समबन्धी स्रोत पुस्तिका विमोचन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =