ओली नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट : नेता खनाल
२०७८ चैत १२ गते

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको दाबी गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजना भएको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रिय कमिटी प्रथम विस्तारित बैठकमा बोल्दै खनालले एमाले इतिहास भएको बताएका छन् ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए ।
त्यस्तै उनले एमालले दुई तिहाई सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गरे । उनले भने, ‘नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुनसक्छ । अब केपी ओलीले ल्याउने भनेको २/३ वटा हो ।’
२०७८ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








