रेल र प्रसारण लाइन परियोजनामा सहयाेग गर्न चीनसँग प्रस्ताव गर्ने तयारी

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा केरुङ–काठमाडौँ रेलमार्ग र केरुङ काठमाडौँ विद्युत् प्रसारण लाइन अघि बढाउन सहयाेग गरिदिन नेपालले प्रस्ताव गर्ने बुझिएको छ ।

चीनको सिगात्सेसम्म आएको रेललाई चीनको केरुङहुँदै रसुवागढी नाकामा जोड्ने र त्यसलाई नेपालतर्फको रसुवागढी–काठमाडौँ रेलमार्गमा जोड्ने योजनाका साथ दुबै देशका अधिकारीबीच विभिन्न चरणमा छलफल तथा निर्णय भएका छन् । चिनियाँ सहयोगमै यो रेलमार्गको नेपालतर्फको खण्डको सम्भाव्यता अध्ययनसमेत ३ वर्षअघि नै भइसकेको छ ।

खास गरी उक्त रेलमार्ग निर्माण भए नेपालको रेल चीन हुँदै ट्रान्स साइवेरियन रेल नेटवर्कसँग जोडिने छ । उक्त रेलमार्गमा विद्युतीय रेल सञ्चालन गर्ने गरीर यसअघिदेखि नै अध्ययन भइरहेको छ । तर, ठोस उपलब्धी हासिल हुन सकिरहेको छैन ।

चीनको चाइना फष्ट सर्भे एण्ड डिजाइन इन्स्टिट्युटले यसअघि तयार पारेको उक्त सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार विकट भूगालेका कारण उक्त रेलमार्ग निर्माणका लागि अघिकांश भागमा सुरुङ निर्माण गर्नुपर्ने छ । ७२ किलोमिटर हुने अनुमान गरिएको उक्त रेलमार्गमा ७ देखि १९ किलोमिटरसम्म लामा ७ वटा सुरुङ बनाउनु पर्ने उल्लेख छ ।

त्यस्तै, ४ ओटा स्टेशन बनाउनु पर्ने, सुरुङमा अक्सिजनको पर्याप्त व्यवस्था गर्नुपर्ने र निर्माण थालेको ९ वर्षमा सम्पन्न गर्न सकिने उल्लेख गरेको छ । सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार उक्त परियोजना निर्माणका लागि नेपालतर्फमात्रै २ खर्ब ५६ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । अध्ययनपछि भने चीनले यो रेलमार्ग निर्माणमा चासो देखाएको छैन ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका बेला उक्त रेलमार्ग निर्माणका लागि नेपालमा पर्ने खण्डको समेत विस्तृत अध्ययन गर्न चिनियाँ पक्षलाई आग्रह गरिने र यसबारे कुनै न कुनै सम्झौता हुन सक्ने सम्भावना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

यही भ्रमणमा काठमाडौँ–केरुङ विद्युत् प्रसारण लाइनको विषयमा समेत कुनै न कुनै सम्झौता वा सहमति हुने विश्वसा गरिएको छ । खास गरी केरुङ काठमाडौँ विद्युतीय रेलमार्गका लागि समेत आवश्यक पर्ने विद्युत् यही प्रसारण लाइनबाट आपूर्ति हुने भएकोले पनि यी दुबै परियोजनालाई नेपालले साथै अघि बढाउन चाहेको नेपाल ऊर्जा मन्त्रालयले स्रोतले बताको छ ।

यो प्रसारण लाइनका लागि चीन र नेपालले आ–आफ्नो भूगागमा पर्ने लाइनको छुट्टाछुट्टै डीपीआर बनाउने र पछि त्यसलाई संयुक्त डीपीआर निर्माणका लागि अघि बढाउने तयारी भएको छ । उक्त परियोजनालाई समेत अनुदान सहयोगमा निर्माण गरिदिन प्रस्ताव गर्ने तयारी भएको बुझिाएको छ । विदेशमनत्रीको भ्रमणले दुबै परियोजनामा ठोस निर्णय लिन सक्ने विश्वास गरिएको छ ।

त्यस्तै, चीन सरकारको अनुदान सहयोगमा विस्तार भएको कलंकी–सातदोबाटो–कोटेश्वर सडक खण्डका लागि धन्यवाद दिँदै त्यस्तै विस्तारको काम चिनियाँ सहयोगमा तीनकुने–चावहिल–कलंकी १७ किलोमिटर खण्डको विस्तारबारे समेत छलफल हुने अपेक्षा गरिएको छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =