३ बजे काठमाडाैँ आइपुग्दै चिनियाँ विदेशमन्त्री वाङ, औपचारिक भेटघाट भोलिदेखि

काठमाडाैँ । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी ३ बजे नै काठमाडाैँ अवतरण हुँदै छन् । उनी ५ बजे आइपुग्ने भनिएकाे थियाे, तर त्यसभन्दा २ घण्टाअगावै अवतरण हुन लागेका हुन् । २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिने वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्दैछन् ।
शनिबार बिहान उनी समकक्षी नारायण खड्कासँग भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् । शनिबार दिउँसो प्रधान मन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ । यस्तै वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।
सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै नेपाल आउन लागेका हुन् ।








