पौडेल पक्षकाे निष्कर्ष : निर्वाचनमा गठबन्धन कायम रहनुपर्छ

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूकाे बैठकले चुनावी चालमेल आवश्यक्ता रहेकाे निष्कर्ष निकालेकाे छ । शुक्रबार बिहान पाैडेल निवास बाेहाेराटारमा बसेकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे ।

कांग्रेसभित्र स्थानीय निर्वाचनमा चुनावी गठबन्धनका बारेमा एकमत छैन । केन्द्रीय सभापति शेरबहादुर देउवाले जसरी भएपनि गठबन्धन कायम रहनुपर्ने बताउँदै आएका छन् भने संस्थापनइतर पक्षीय कांग्रेसले गठबन्धन रहन नहुने उल्लेख गर्दै आएकाे छ ।

यसैबीच पाैडेलले पनि साेही विषयमा छलफल गरेका थिए । त्यसक्रममा यस्ताे निष्कर्ष निस्किएकाे बाजुरा जिल्ला सभापति रामसिंह रावलले बताए । ‘स्थानीय तहको निर्वाचनमा तालमेल गनुपर्छ भन्ने भएको छ । तालमेल गर्ने अधिकार तल्लो कार्यसमितिलाई नै दिनुपर्छ भनेका छाैँ । निर्णय केन्द्रबाट लाद्नु भएन भनेर भनेका छाैँ,’ उनले भनेका छन् ।

सभापतिहरूले तालमेल हुनुपर्ने तर, त्याे स्थानीय आवश्यकताअनुसार हुनुपर्ने सुझाव दिएका छन् । बैठकमा कानूमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्यद्वय डा. शशांक कोइराला र दीपक गिरी सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =