विश्व बैंकद्वारा नेपालका लागि १८ अर्ब ३० करोड ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड रुपैयाँ (१ सय ५० मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। स्वास्थ्य शिक्षा पूर्वाधार लगायत क्षेत्रमा लगानी गर्न पाउने गरी उक्त ऋण रकम स्वीकृत गरेको हो ।
यो रकमले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बैंकले विश्वास विश्व बैंकले गरेको छ। ऋण स्वीकृत भएपछि बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले भने ‘यो सहयोगले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ, साथै निजी क्षेत्र र दिगो विकासका आयोजना अघि बढाउन समेत मद्दत पुग्नेछ।’
कोभिड–१९ को प्रकोपपछि नेपालमा तरलताको धेरै समस्या देखिइरहेका छ। यसलाई पनि केही हदसम्म सहज पुग्ने बैंकको भनाइ छ।
यो ऋण महिलाहरुलाई वित्तीय साक्षरता जगाउन समेत प्रयोग हुनेछ। ऋण हरित विकासको अवधारणा अनुसार नै ऋण स्वीकृत भएको हो।









