म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना
२०७८ चैत ११ गते

धनगढी । म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि धनगढीस्थित नवजीवन अस्पताललाई सरकारले कारबाही गरेको छ ।
अस्पतालले म्याद गुज्रिएको औषधि बेचेको उजुरी परेपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन गर्दा पुष्टि भएकाले अस्पताललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको कार्यालयका निमित्त प्रमुख ललितप्रसाद पन्तले जानकारी दिए ।
अस्पताललाई सचेत गराउदै दुई लाख रुपैयाँ जरिवाना गरिएको उनले बताए । अस्पतालले पनि म्याद गुज्रिएको औषधि बिक्री भएको स्वीकार गरेको उनले बताए ।
२०७८ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित









