नेप्से १६ अंकले घट्यो, सवा ३ अर्बको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

यस दिन नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ बिन्दुमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ६.१७ अंकले घटेर ४८८.९४ बिन्दुमा ओर्लिएको छ ।

यस दिन २२४ कम्पनीका ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता सेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८ सय २५ रुपैयाँमा किनबेछ भएको छ ।

यस दिन राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल, युनाइटेड आईडीआई मार्दि आरबी हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावरलगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तै, नेपाल फाइनान्स लिमिटेड, सामलिङ पावर कम्पनी, हाइउन्टेन हाइड्रो लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन जीवन तथा निर्जीबन गरी दुई समूहका बाहेक अन्य ११ ओटा समूहगत सूचकहरु ओरालो लगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *