पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरे : नेटो प्रमुख
२०७८ चैत १० गते

ब्रसेल्स । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरेको बताएका छन् । राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रविरुद्ध युद्ध शुरू गर्नु हो,’ उनले भने ।
‘उनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरूको सशस्त्र बलको बहादुरीलाई कम आँकेकाे छ’, स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरू हुनुअघि भनेका छन् ।
स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर लामो अवधिमा नेटाेकाे प्रतिरोध र रक्षाको पुनः स्थापनाको आवश्यकतालाई सम्बोधन गरिनेछ ।
२०७८ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








