भरतपुर महानगरपालिकामा लालपूर्जा वितरण

चितवन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरेकी छन् ।

भरतपुर महानगरपालिकाको वडा नं २९ को गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकको जमिनको लालपूर्जा दिने कामलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताइन् ।

उनले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अगाडि बढाइएको भन्दै देशभित्र रहेका जग्गा सम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्ने गरी योजना बनाएर मन्त्रालय अगाडि बढ्न लागेको बताइन् ।

राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले समिति र आयोग मात्रै गठन गर्ने र काम नगर्ने प्रवृत्ति पनि अब अन्त्य गर्ने गरी काम भइरहेको पनि बताइन् ।

वास्तविक सुकुम्बासीले मात्रै जग्गा पाउन र गैर-सुकुम्बासीले जग्गा नपाउन भन्नेमा सचेत बन्न जनता र जनप्रतिनिधिहरूलाई मन्त्री श्रेष्ठले आग्रह समेत गरिन् ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवनको इच्छाकामना गाउँपालिका, काठमाडौँको कीर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका र तनहुँको बन्दीपुर गाउँपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई लालपूर्जा वितरण गरेका छन् ।

२०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जाविहीन बनिरहेकाहरूको लालपुुर्जा वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले अभियानलाइ तीव्र बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =