कोभिडले रोजगारी गुमाएका महिलालाई तालिम

विराटनगर । कोभिडका कारण अप्ठेरोमा परेका महिलाको लागि एकहप्ते सिलाई प्रशिक्षण शुरू भएको छ ।

माइती नेपाल र नारी विकासले ६ दिने कपडाको झोला बनाउने तालिम शुरू गरेका हुन् । घरेलु हिंसामा परेका, कोभिडका कारण रोजगारी गुमाएका महिलालाई वडाको सिफारिसमा तालिम दिईएको हो ।

तालिम लिएका महिलालाई जीविकोपार्जनकालागि १५ वटा मेसिन दिईने छ । तालिम लिएकामध्ये ८ जनालाई माइती नेपाल र बँकी ७ जनालाई नारी विकास संघले मेसिन उपलब्ध गराउने माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले बताए ।

युएनओमेनको सहयोगमा माइती नेपाल र नारि विकास संघको आयमेजनामा ३० जनालाई तालिम दिन थालिएको हो । तालिमबाट उत्कृष्ट हुने १५ जनालाई मेसिन उपलब्ध गराइने माइती नेपालले जनाएको छ ।

सिलाई मेसिन पाएका महिलाहरूले सामुहिक ब्यवसाय संचालन गर्नु पर्ने अनिवार्य व्यवस्था गरिएको पोखरेलले जानकारी दिए । तालिममा महानगरपालिकाका वडा नम्बर ४,५ र १२, १३, १५, १६ का सहभागी रहेका छन् ।
कोभिडको सयमा विराटनगरका १९ वटै वडामा समुहिक भान्साघर सञ्चालन सञ्चालन भएको थियो । त्यसमा दैनिक २५० महिला तथा बालिकालाई सामुहिक खाना खुवाउने गरिएको थियो । जुन कोभिडको समयमा खान नपाएका, अपाङ्गता भएका, सुत्केरी, गर्भवती , रोजगारि गुमाएका, हिंसामा परेका महिलालाई लक्षित गरि ३ महिना सामुहिक खाना खुवाउने काम भएको थियो

त्यसबाट अहिलेसम्म समस्यामा रहेका महिला लक्षित सीप विकास तालिम दिइएको हो । कोभिडका कारण लामो समय अप्ठ्यारोमा परेका महिलालाई पहिचान गरी तालिम दिइएको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *