नेविसंघको अध्यक्षमा दुजाङ र तरुण दलको अध्यक्षमा विद्वान नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संगठनहरु नेविसंघ र नेपाल तरुण दलको तदर्थ समितिका अध्यक्षहरु नियुक्त गरेका छन् ।

सभापति देउवाले नेविसंघको अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङ्गलाई मनोनयन गरेका हुन् ।

कांग्रेसका मूख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गरि सभापति देउवाले पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णयअनुसार शेर्पा र गुरुङ्गलाई अध्यक्षमा नियुक्त गरेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *