संवैधानिक नियुक्ति बदर गर्न माग गर्दै परेकाे मुद्दामा भएन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतको स‌ंवैधानिक इजलासले विभिन्न संवैधानिक आयोगमा नियुक्त ५२ जना पदाधिकारीको नियुक्ति बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ ।

संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाई सकिएसँगै इजलासले यसबारे अन्तरिम आदेश दिन अस्विकार गरेको हो । इजलासले यसबारे विपक्षीलाई लिखित कारण भने माग गरेको छ ।

योसँगै तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा संवैधानिक परिषदले गरेको सिफारिस अनुसार नियुक्त भएका संवैधानिक पदाधिकारीको पद तत्काललाई कायम रहने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *