तिनै तहकाे निर्वाचनमा पाँच दलीय गठबन्धन हुने नेताहरूकाे दाबी

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने दावी गरेका छन् ।

रिपोटर्स क्लबले बुधबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले गठबन्धन रहर नभएर बाध्यता भएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन जारी रहने बताएका हुन् ।

उनले नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनको लागि गठबन्धन तोड्न नहुने धारणा राखे । त्यस्तै कांग्रेसका नेता डा. रणबहादुर रावलले अहिलेपनि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए । गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्ने उनकाे भनाई छ ।

साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले अहिलेपनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वाभाविक नै भएको बताए । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रूपमा छलफल चलिरहेको उनकाे भनाई छ ।

त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने बताए । स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रूपले गरिरहेको पनि सुवेदीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =