स्थानीय निर्वाचनमा एमाले : वडादेखि केन्द्रसम्म काे कहाँ खटिने ? (सूची/भिडिओसहित)

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरूलाई एक तहमुनिको भूगोलमा खटिन निर्देशन दिएका छन् । केन्द्रीय सदस्य पृथ्वीसुब्बा गुरुङकाअनुसार राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले को कहाँ खटिने भन्ने किटान गरेरै तोकेका हुन् ।

जस अनुसार भूगोलबाहेक गैरभौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरू आफूसम्बद्ध जिल्लाामा निर्वाचनमा केन्द्रित हुनुपर्नेछ । त्यस्तै प्रदेश कमिटीका सबै सदस्यहरू आफू जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्ने छ भने जिल्ला कमिटीका सदस्यहरू आफ्नो वडामा गएर खटिनुपर्नेछ ।

वडा कमिटीका सबै सदस्यहरु आफू रहेको टोलमा खटिनुपर्नेछ भने टोल कमिटीका सदस्यहरु घरधुरी बाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुनुपर्ने ओलीकाे निर्देशन छ । त्यस्तै विदेशमा रहेका मतदाता तथा समर्थकलाई स्वदेश फर्किन आह्वान गर्ने र सम्पर्क मञ्चहरूमा आबद्ध नेता/कार्यकर्ता आ आफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुनेछन् ।

कुन सदस्य कहाँ खटिन्छन् ?

केन्द्रीय कमिटी सदस्य – जिल्ला
प्रदेश कमिटी सदस्य – पालिका
जिल्ला कमिटी सदस्य – वडा
वडा कमिटी सदस्य – टोल टोल
टोल कमिटी सदस्य – घर धुरीहरू
सम्पर्क मञ्च सदस्य – पालिका



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =