थप ३८ जना काेराेना संक्रमित
२०७८ चैत ९ गते

काठमाडाैँ । नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ८ सय ५५ पीसीआर परिक्षणका क्रममा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट थप २ हजार ६९ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ८ सय ६१ जना निको भएका छन् ।
हाल नेपालमा २ हजार ४ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७८ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








