‘जान्ने हाे भने फाेहाेरबाट माेहर निकाल्न सकिन्छ’

२५ दिने सरसफाइ अभियान समापन

काठमाडौँ । २५ दिने सरसफाइ अभियान समापन गरिएको छ । वसन्तपुरबाट शुरू गरिएको अभियान भद्रकालीमा समापन गरिएको हो । अभियानअन्तर्गत काठमाडौँ उपत्यकाका २ महानगरपालिकासहित १८ वटा नगरपालिका र ७ वटा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको सरसफाइ गरिएको नेवाःलहना कीर्तिपुरका सरसफाइ अभियन्ता राजमान मावनले बताए ।

अभियानमा बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, रुद्रमती, नेवाःलहना, वातावरणमैत्री समाज मैतिदेवी, चत्रपथ सरसफाइ अभियान, सानो पाइला, यूरेसिया रेयूकाई नेपाल, फोहोर मैला व्यवस्थापन महासंघ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत विभिन्न क्षेत्रका सरसफाइ अभियन्ताको सहभागिता थियो ।

नेपालको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन र सरोकारवाला निकाय र नागरिकलाई फोहोर व्यवस्थापनमा आफ्नो दायित्वप्रति सचेत र जिम्मेवार बनाउन अभियान सञ्चालन गरिएको उनले बताए ।

राज्यको स्पष्ट धारणा नहुँदा फोहोरमैला व्यवस्थापन गर्न कठिनाइ भएको उनको भनाइ छ । स्थानीय तहहरुले पनि फाेहोर व्यवस्थापनमा कुनै चासो नदिएको र फोहोर गर्नेलाई कारबाही गर्ने कानून भएपनि कार्यान्वयन नभएको उनको भनाइ छ ।

उपत्यकाको फोहोर व्यवस्थापनका लागि राज्यले वैकल्पिक डम्पिङ्ग साइट नबनाउँदा अन्तिम निष्काशन गर्ने ठाँउ नभएकाले शहरको फोहोर उठ्न नसकेको बागमती नदी सरसफाइ अभियन्ता चित्रकुमार सुनुवारले बताए । वैकल्पिक ल्यान्डफिल साइड नबने सँधै फोहोर व्यवस्थापनमा कठिनाइ हुने उनको भनाइ छ । ‘कुहिने फाेहाेर र नकुहिने फाेहाेर छुट्याउन सकियाे भने त्यसलाई प्राङ्गारिक मलकाे रूपमा प्रयाेग गर्न सकिन्छ ।’

फोहोर मैला व्यवस्थान संघका अध्यक्ष धनप्रसाद आचार्यले महानगर एक्लैले शहरको फोहोर व्यवस्थित नसकिरहेको र प्रदेश र संघीय सरकारको पनि व्यवस्थापन प्रणालीमा संलग्नता नदेखिएको बताए । त्यसैगरि फोहोरमैला व्यवस्थापनमा नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *