आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

बझाङ । बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाई पक्राउ परेका छन् । १२ वर्षीया बालिका (बहिनी)लाई बलात्कार गरेको आरोपमा छबिसपाथिभेरा गाउँपालिका २ का १९ वर्षीय (दाजु)लाई प्रहरीले पक्राउ गरेको हो ।

युवकले गत चैत्र ६ गते बेलुकी घरमा कोही नभएको मौका छोपेर बालिकालाई गाइगोठमा लिएर मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँको लोभ दिई बलात्कार गरेको प्रहरीलाई दिइएको उजुरीमा उल्लेख छ ।

बलात्कारपछि बालिकालाई सोही ठाउँ छोडेर पीडक भागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बालिकाले पछि आफूलाई गाइगोठमा लिएर बलात्कार गरेको कुरा आफ्नो आमालाई सुनाएपछि घटना बाहिरिएको थियो । त्यसको पछिल्लो दिन बालिकाकी आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको प्रहरीले जनाएको छ।

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा घरमा लुकिछिपी बसेको अवस्थामा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले बताए । उनका अनुसार बालिकालाई भने स्वास्थ परीक्षणपछि महिला सुरक्षित आवास गृह (सेभ हाउस)मा राखिएको छ ।

पीडक दाइमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको डिएसपी विष्टले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *