पूर्व डिनदेखि माटो विज्ञसम्म राप्रपामा प्रवेश

काठमाडौँ । अहिले राजनीतिक दलहरू अरू पार्टीका नेता कार्यकर्ता तान्ने होडमा छन् । यहीबिच मंगलबार राप्रपाको केन्द्रीय कार्यालयमा अलि फरक दृश्य देखियो, जहाँ लामो समयदेखि विभिन्न क्षेत्रमा कार्यरत विज्ञहरू राप्रपाको कार्यालय आए ।

उनीहरू राप्रपा प्रवेशका लागि केन्द्रीय कार्यालय पुगेका थिए । माटो विज्ञको रूपमा लामो समय बिताएका पूर्व डिन लमजुङका प्रा.डा केशवराज अधिकारी, वन विभागमा ३७ वर्ष सेवा गरी निवृत्त भएका चितवनका वन विज्ञ बलराम पौडेल, सिभिल इन्जिनियरबाट सेवा निवृत्त भई वातावरण संरक्षण क्षेत्रमा सक्रिय रहेका तनहुँका ठाकुर पण्डित, महालेखा नियन्त्रण कार्यालयमा बडालेखापालको रूपमा सेवा गरेका वसन्त फाउन्डेसनका ललितपुरका रवीन्द्रकेशरी पौडेल, हालसम्म आफ्नो मताधिकार प्रयोग नगरेका र पहिलो मत राप्रपालाई प्रदान गर्न उत्साहित भएका ललितपुरका आइटी इन्जिनियर आशिष पौडेललगायत राप्रपामा प्रवेश गरेका हुन् ।

अहिले देशले राजनीतिक रूपमा वैकल्पिक शक्तिको खोजी गरिरहेको र त्यसका लागि सक्षम, इमानदार नेतृत्व आवश्यक भएकाले, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समकालीन राजनीतिमा इमानदार छवि बनाएका नेता भएकोमा विश्वस्त रही राप्रपालाई साथ दिन आफूहरू राप्रपामा प्रवेश गरेको उनीहरूको भनाई थियो ।

राप्रपाका अध्यक्ष लिङ्देनले विज्ञहरूलाई पार्टी प्रवेश गराउँदै नेतृत्व मात्रै इमानदार भए पनि राजनीति शुद्ध हुने, राजनीतिमा विश्वसनीयता बढ्ने, भ्रष्टाचार कम हुने अवस्था आउने बताए । नेतृत्वको रूपमा आफूले त्यस प्रकारको संकल्प लिएको र विज्ञहरूको साथ, समर्थनबाट उत्साहित एवं निरन्तर अघि बढ्ने प्रेरणा मिलेको लिङ्देनको भनाई थियो ।

प्रतिक्रिया

One thought on “पूर्व डिनदेखि माटो विज्ञसम्म राप्रपामा प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =