बाजुराको टाटेमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

काठमाडौँ । बाजुराको बुढिगंगा नगरपालिकास्थित टाटे स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल एपीएफ अस्पताल बलम्बुको आयोजना र महान्यायाधिवक्ताको कार्यालय काठमाडौँको सहयोगमा यही शुक्रबारदेखि आइतबारसम्म निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

शिविरमा हाडजोर्नि तथा नसा, स्त्रीरोग, इएनटी, छाला, बाल रोगलगायत विशेषज्ञ डाक्टरले सेवा दिने आयोजकले जनाएको छ । साथै निःशुल्क अल्ट्रासाउन्ड सेवा, औषधि वितरण, एक्स-रे र ईसिजि सेवा उपलब्ध गराइने नेविसंघ बाजुरा-काठमाडौँ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =