लेटाङ घटना : कर्फ्युकाे समय हेरफेर, बिहान ४ घण्टा र बेलुका २ घण्टा खुकुलो

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा लगाएको कर्फ्युको समय हेरफेर गरेको छ । चैत ६ गते बिहान ७ बजेदेखि लागू भएको कर्फ्युको समय घटाएको हो ।

हालको अवस्थालाई दृष्टिगत गरी चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र साँझ ६ बजजेदेखि बिहान ६ बजेसम्म कर्फ्युको आदेश जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

जारी गरिएको आदेशमा दक्षिणमा लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सम्पुर्ण क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नम्बर ६को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको छ । दोस्राेपटक जारी गरिएको कर्फ्यु आदेशमा बिहान ४ घण्टा र साँझ २ घण्टाकोलागि कर्फ्यु फुकुवा गरिएको हो ।

गत चैत ४ गते होली खेल्ने क्रममा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले छात्रालाई दुर्व्यवहार गरेको विषयमा चैत ६ गते आइतबार विद्यालयमा आगजनी र तोडफोड भएको थियो । आइतबार साँझ छात्र छात्रा र अभिभावकको अनियन्त्रित भिडले विद्यालयमा आगगजनी, तोडफोड र ढुंगामुढा गरेका थिए । नागरिकको जिउज्यानको सुरक्षाको लागि प्रहरी टोलीमध्येकी रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको स्थानीयको भिडले छुरा प्रहार गरी हत्या गरेपछि अवस्था तनावग्रस्त भएको थियो ।

उतेजित भिडले ज्यान जाने खालका गतिविधि गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अवस्थालाई सामान्य बनाउन र थप घटना हुन नलिनको लागि कर्फ्यु लगाएको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *