गोविन्द आचार्यद्वारा लिखित ‘दङ्गि उर्वशी’ संस्कृतिविद् सत्यमोहन जोशीद्वारा विमोचन

काठमाडाैँ । कवि डा. गोविन्द आचार्यद्वारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्य लाेकार्पण भएकाे छ । महाकाव्य अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा संस्कृतिविद् सत्यमाेहन जाेशीले लाेकार्पण गरेका हुन् ।

महाकाव्य लाेकार्पण गर्दै सत्यमाेहनले इतिहास, साहित्य र संस्कृति मानव समाजकाे धरोहर र वैभव भएकाे बताए । ‘तिनकाे संरक्षण आजको सचेत नागरिकको दायित्व हो,’ उनले भने, ‘विमोचित महाकाव्यमा पनि मिथक संस्कृतिको प्रयोग भएकोमा खुसी लागेकाे छ ।’

अन्तर्राष्ट्रिय साहित्य समाज नेपालको ब्यानरमा जोशी निवासमा भएको पुस्तक विमोचन समारोहको अध्यक्ष सो समूहकी नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीको सभापतित्वमा सम्पन्न भएको थियाे । वरिष्ठ साहित्यकार प्राडा खगेन्द्रप्रसाद लुइँटेल, प्रा. कोषराज न्यौपाने, रमेश खकुरेल र अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले महाकाव्यकारलाई बधाई र शुभकामना दिँदै समालोचकीय मन्तव्य व्यक्त गरेका थिए ।

अनेसासकी उपाध्यक्ष गीता कार्कीले संचालन गरेकाे कार्यक्रममा अनेसासकी अर्की उपाधयक्ष गीता मैनालीले स्वागत मन्तव्य राखेकी थिइन् । ख्यातिप्राप्त गायिका लोचन भट्टराई, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोख्रेल, भुवनहरि सिग्देल र छन्द वाचनमा लोकप्रिय कवि इन्दिरा दाहा लगायतले विमोचित कृतिमा प्रायोगिक विभिन्न छन्दका कविता वाचन गरेर समारोहलाई काव्यिक सौन्दर्यको रसपान गराएका थिए ।

महाकाव्यकार डा. आचार्यले आफ्नो मन्तव्यमा आफ्नो काव्य यात्रा र महाकाव्य यात्रासम्मको अनुभव पस्कँदै साहित्यकारका सहजता र जटिलताबारे आफ्नो स्वानुभूति राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *