तत्काललाई मिल्यो एनआरएनएको विवाद, चैत ११ र १२ मा एकता महाधिवेशन हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चैत ११ र १२ गते काठमाडौँमा एकता महाधिवेशन गर्ने भएको छ । महाधिवेशनको विषयले विवादित बन्दै विभाजनको डिलमै पुगेको संघको अध्यक्षका तीन उम्मेदवारबीच सहमति भएको र चैत ११ र १२ गते काठमाडौँमा एकता महाधिवेशन गर्ने सहमति भएको संघले जनाएको हो ।

अध्यक्ष प्रत्याशीहरू कूल आचार्य, बद्री केसी र रविना थापाले संघको सचिवालयमा मंगलबार पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको जानकारुी गराएका हुन् । संघका अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आफ्ना कमजोरी स्वीकार गर्दै विवाद समाधान गरि संघलाई एकजुट बनाएर लैजानेगरी सहमति गरेको बताए ।

अध्यक्षका तीनैजना उम्मेदवारले संस्था जोगाउनु अहिलेको मुख्य आवश्यकता रहेको बोध गरि त्यसैअनुसार अघि बढ्न तयार रहेको बताए । प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न आग्रह गर्ने अदालतमा दायर मुद्दा फिर्ता लिने लगायत सहमति भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *