मन्त्रिमण्डल हेरफेर हुनसक्छ : प्रचण्ड

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले एक्लै पनि बहुमत ल्याउन सक्ने बताएका छन् । पार्टी प्रशिक्षणका लागि मंगलबार जनकपुर पुगेका उनले भने, ‘माओवादी एक्लै पनि चुनाव लडेर जित्न सक्छ । बहुमत ल्याउन सक्छ ।’

अहिलेको सत्तारुढ गठबन्धन प्रतिगमनविरुद्धकाे हतियार भएकाे प्रचण्डकाे भनाइ छ । ‘माओवादी एक्लै नजित्ने भएर गठबन्धन चाहिएकाे हाेइन,’ उनले भनेका छन्, ‘प्रतिगमन अझै सक्रिय नै रहेकाेले चाहिएकाे हाे । संविधानका लागि चाहिएकाे हाे ।

उनले आसन्न चुनावसम्म गठबन्धन कायम रहने जिकिरसमेत गरे । उनले भने— ‘कांग्रेस पनि गठबन्धनकाे विपक्षमा छैन । केही नेताहरूलाई छाडेर मुख्य नेतृत्व हेर्नुभयाे भने कांग्रेस पनि उहाँ शेरबहादुरजी पनि गठबन्धनकै पक्षमै हुनुहुन्छ ।’

‘मन्त्रिमण्डल हेरफेर हुनसक्छ’

प्रचण्डले मन्त्रिमण्डल हेरफेरबारे पनि बाेलेका छन् । ‘मन्त्रिपरिषद्‌मा हेरफेरको कुरा चलेको छ,’ प्रचण्ड भने, ‘केही मन्त्रालय हेरफेर हुने कुरा चलेको छ, केही नयाँ आउने सम्भावना पनि छ ।’

मन्त्रिमण्डल हेरफेर हुँदा हैसियतअनुसारको मन्त्रालय र संख्या पाउनुपर्ने विषय रहेको बताए । आफूहरूले विगतमा त्याग गरेर एकीकृत समाजवादी पार्टीका लागि बढी मन्त्रालय छाडेको बताए । उनले भनेका छन्—‘हेरफेर भयो भने अब हामीलाई हैसियतअनुसारको मन्त्रालय भने चाहिन्छ ।’

गठबन्धन विस्तार गरी लोकतान्त्रिक समाजवादी पार्टीलाई ल्याउनेबारे छलफलबारे सोधिएको प्रश्नमा उनले औपचारिक कुराकानी नभएको बताए । तर, प्रधान मन्त्री शेरबहादुर देउवाले लोसपासँग कुराकानी गरिरहेको उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =