पत्रकार एलबी विश्वकर्मालाई ५१ हजार राशीकाे मरणोपरान्त सहयात्रा सम्मान
२०७८ चैत ७ गते

काठमाडौँ । पत्रकार एलबी विश्वकर्मालाई ५१ हजार राशीकाे मरणोपरान्त सहयात्रा सम्मान–२०२२ समर्पण गरिने भएको छ ।
सोमबार ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धका सन्दर्भमा ‘जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि अन्तर्राष्ट्रिय सामाजिक अभियन्ताहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रमबाट पत्रकार विश्वकर्मालाई उक्त सम्मान घोषणा गरिएको हो ।
सहयात्रा सम्मान दलित अधिकारकर्मी रेशमबहादुर सुनारको सम्झनामा स्थापित गरिएकाे सम्मान हो । हाल क्यानाडामा अध्ययनरत सन्तोष विश्वकर्माको सभापतित्वमा भएको अन्तक्रिया कार्यक्रममा एलबी विश्वकर्माको परिवारको पनि सहभागिता रहेकाे थियो । केही दिनमै काठमाडौँमा कार्यक्रम गरी सम्मान प्रदान गरिने सन्तोष विश्वकर्माले बताए ।
दुई महिनाअघि अल्पायुमै निधन भएका एलबी विश्वकर्माका पाँच वर्षीय एक छोरा र श्रीमती छन् ।
२०७८ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








