थप ४५ जनामा काेराेना संक्रमण, १४७ निकाे भए

काठमाडाैँ । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ७८ पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ७ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ४७ जना कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार १ सय ११ जना निको भएका छन् ।

हाल नेपालमा ३ हजार १ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =