चीनमा १३३ जना यात्रु बाेकेकाे विमान दुर्घटना

काठमाडौँ । चीनमा १३३ जना यात्रु बाेकेकाे विमान दुर्घटनाग्रस्त भएकाे छ ।

बीबीसी हिन्दीले चीनकाे सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको जनाएकाेछ ।

दुर्घटनापछि विमानमा आगलागी भएको छ । यात्रुकाे अवस्था अहिलेसम्म अज्ञात रहेकाे बीबीसीले जनाएकाे छ ।

कुन्मिङ चान्सुई विमानस्थलबाट उडेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा ल्यान्डिङ हुने समयतालिका रहेकाे थियाे ।

अहिले दुर्घटनास्थलमा उद्दारकर्ता पठाइएकाे बीबीसीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =