शिलान्यास कार्यक्रममा भाषण मात्रै गरेर फर्किए प्रधान मन्त्री देउवा

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ९ मा प्रशासनिक भवन शिलान्यासको तयारी थियो । प्रधान मन्त्री आउने कार्यक्रम तय भएको कारण सुन्दरहरैँचा नगरपालिकामा निक्कै चहल पहल थियो ।

प्रधान मन्त्री आउने भएपछि प्रशासनिक भवन तथा सुन्दरहरैँचा–९ स्थित कृषि बजार परियोजना शिलान्यास र हरैंचामा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

प्रधान मन्त्री सर्वप्रथम प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सहभागी हुने भनिएको थियो । त्यसपछि वडा नम्बर ९ स्थित कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो तर प्रशासनिक भवनको शिलान्यास कार्यक्रममा सहभागी भएका प्रधान मन्त्रीले केवल भाषण मात्रै गरी शिलान्यास भने नगरी फर्किएका छन् ।

प्रधान मन्त्री देउवाले मञ्चमा चढेर भाषण गरेपनि शिलान्यास भने नगरी फर्किएका हुन् । प्रधान मन्त्री देउवा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्नका लागि आए पनि शिलान्यास नगरी फर्किएपछि स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल सरकारले उपलब्ध गराएको ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैँचा नगरपालिकाले २७ करोड लागतमा प्रशासनिक भवनको निर्माण सुरु गरेको छ । शिलान्यासमा सहभागी नै नभएका प्रधान मन्त्री देउवाले सुन्दरहरैँचामा ३५ शय्याको नगर अस्पतालको भने उद्घाटन गरेका छन् ।

सुन्दरहरैँचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ करोडको लागतमा नगर अस्पताल निर्माण गरेको थियो । नगर अस्पतालको देउवाले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *