विश्व कविता दिवस मनाइँदै

काठमाडौँ । विश्व कविता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम गर्दै छन् ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघको शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्‍याउने भएकाले समृद्ध समाजका लागि निकै महत्त्वपूर्ण रहेको युनेस्कोले जनाएको छ । कविता संवादको शक्तिशाली माध्यम रहेको र यसले समुदाय एवम् व्यक्तिबिच विश्वासको सम्बन्ध बिस्तारका लागि सहयोग गर्ने युनेस्कोको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *