कैलालीको लम्कीमा युवकमाथि चक्कु प्रहार, एकजना पक्राउ

धनगढी । कैलालीको लम्कीमा एक युवकमाथि चक्कु प्रहार गरिएको छ । लम्कीचुहा नगरपालिका–१ का ३५ वर्षीय शेरबहादुर थापा आइतबार दिउँसो चक्कु प्रहार भएको हो ।

बजारको चोकमै दिनदहाडै युवकमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

चक्कु प्रहारबाट घाइते भएका थापाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँकै २३ वर्षीय प्रेम रावललाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *