प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौ महाधिवेशन सर्याे
२०७८ चैत ६ गते

काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौ राष्ट्रिय महाधिवेशन सरेको छ । यहि चैत ११ र १२ गतेका लागि तोकिएको महाधिवेशन वैशाख ६ र ७ गतेका लागि सारिएको संघका सभापति जगत तिमल्सिनाले जानकारी दिए ।
केही महत्वपूर्ण क्याम्पसहरूको अधिवेशन गर्न बाँकी नै रहेकाले केही दिनका लागि महाधिवेशन सार्नुपरेको उनले बताए । वैशाख ६ गते प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन गर्ने र ७ गते कार्यसमिति चयन गर्दै महाधिवेशन सम्पन्न गरिने सभापति तिमल्सिनाले बताए ।
२०७८ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








